शुल्क बढी लिएको भन्दै जनकल्याण माविमा तालाबन्दी

अछाम । बढी शुल्क लिएको भन्दै विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन् । साँफेबगर नगरपालिका-४ मा रहेको जनकल्याण माध्यमिक विद्यालमा तालाबन्दी गरिएको हाे । विद्यालयले प्राविधिक धारतर्फ बढी शुल्क उठाएको भन्दै सोमबार तालाबन्दी गरेका हाम्रो बुलेटिन अनलाइनमा समाचार प्रकाशन भएको छ । 

विद्यालयले बारम्बार विभिन्न बाहनामा बढी शुल्क उठाएको, ७ महिनादेखि विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको विद्यार्थी मनोज रावललाइ उदृत गर्दै समाचार प्रकाशित छ । विद्यालयले बढी लिएको रकम फिर्ता नगर्दासम्म तालाबन्दी नखुल्ने बताइएको भनेर हाम्रो बुलेटिन अनलाइनमा समाचार छ । 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page