बाजुराको होटलमा आगलागी, पूर्ण क्षति

अछाम । बाजुराको एक होटलमा आगलागी हुँदा हाेटल सहित सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ ।
बडीमालिका नगरपालिका–६ नुनेपानीका उमेशबहादुर कार्कीको होटलमा सोमबार राति आगलागी भएको हो ।
आगलागीबाट होटलभित्र रहेका सम्पुर्ण सरसमान र मोटरसाइकल २ थान समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै रहेको प्रहरीले बताएको छ।