पीडित बालिकाको गोपनियता भङ्ग गर्नेलाई खोज्दै अछाम प्रहरी (विज्ञप्तिसहित)

अछाम । बलात्कार पीडित एक बालिकाको गोपनियता भङ्ग गर्नेलाई अछाम प्रहरीले खोज्न थालेको छ । बालिकाको गोपनीय विवरण सामाजिक सञ्जाल फेसबुक लगायतमा राख्ने व्यक्तिलाई प्रहरीले खोजविन थालेको अछाम प्रहरीले जानकारी दिएको छ ।

पीडित पहिचान हुने गरेर भिडियो, फोटो र लिखत विवरण सामाजिक सञ्जालमा राख्नेलाई प्रहरीले खोजी गरिहरेको अछाम प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्र साउँदले जानकारी दिनुभयो । `पीडितको गोपनियता भङ्ग गर्नेलाई हामीले (प्रहरीले) खोजिरहेका छौं, कोही त्यस्तो भए जानकारी पाउँ ।´ प्रहरी निरीक्षक साउँदले भन्नुभयो ।कार्यालयले एक विज्ञप्ति प्रकाशित गरि गोपनियता भङ्ग गर्ने/गराउने व्यक्तिलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कार्वाही गर्ने उल्लेख छ ।

अछाममा आफ्नै बुवाबाट बलात्कार भएको भनिएकी एक बालिकाको र आरोपितको पहिचान हुने गरेर भिडियो सामाजिक सञ्जालमा हालिएको थियो । आरोपितबाट बालिकाको पहिचान खुल्ने भएकोले पक्राउ परेका व्यक्तिको समेत नाथर, उमेर र ठेगाना समेत फेसबुकमा सार्वजनिक गरिएका सामग्री आएको अछाम प्रहरीको भनाई छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page