कैलालीका वृद्द मंगलसेनको जंगलमा मृत फेला
मंगलसेन । कैलाली एक वृद्द मंगलसेनको जंगलमा मृत अवस्थामा फेला परेका छन् । मंगलसेन नगरपालिका–३ खारखोला भन्ने जंगलमा करिब ८० वर्षीया व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।
मृतकसँग फेला परेको सामाजिक सुरक्षा भत्ता परिचपत्र अनुसार कैलालीको लम्की चुहा नगरपालिका–५ का जहरे सुनार रहेको पाइएको छ । उक्त परिचयपत्रमा २००० साल चैत ३० गते जन्ममिति लेखिएको भेटिएको पूर्व वडा अध्यक्ष पदमसिंह भाटले जानकारी दिनुभयो । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल अछाममा लिइएको छ ।
पूर्ववडा अध्यक्ष भाटका अनुसार महिलाहरु घाँस काट्का लागि खारखोला जंगल गएको बेलामा शव देखेपछि स्थानीय गएर हेरेपछि प्रहरीलाई जानकारी दिएका थिए । कम्तिमा १५ दिनअघिको शव हुन सक्ने पूर्व वडा अध्यक्ष भाटको भनाइ छ ।
मृतक घटनास्थलितर किन गएकाे भन्ने हाल नखुलेपनि घटनाकाे अनुसन्धानबाट खुल्ने अछाम प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्र साउँदले जानकारी दिनुभयाे । रामाराेशन गाउँपालिकामा रहेका मृतकका भतिजा आउने क्रम रहेकाेले थप प्रक्रिया अघि बढ्ने बताइएको छ ।