माटोको ढिस्कोले पुरिएर जेठानी–देउरानीको मृत्यु

अछाम । घरमा लिपपोत गर्ने माटो खन्ने क्रममा अछाममा जेठानी देउरानीको मृत्यु भएको छ । मृत्यु हुनेमा मंगलसेन नगरपालिका–८ सुतुडा निवासी अन्दाजी ३०/३५ वर्ष उमेरका देउरुपा बोहरा र विनिता बोहराको ज्यान गएको हो ।
छिमेकी ९ नम्बर वडाको वलीगाउँमा माटो खन्ने क्रममा माथिको ढिस्कोले पुरिएर दुवै जनाको ज्यान गएको वडा मंगलसेन नगरपालिका– ९ का अध्यक्ष पदम बहादुर बोहराले जानकारी दिनुभयो ।
घटनापछि स्थानीयले शवलाई बाहिर निकालेका बताइएको छ ।