सहिदको सूचीमा थपिए अछामका ६ जना (नामावली सहित)

अछाम । गृह मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा अछामका ६ जना सहिदको सूचीमा परेका छन् । सरकारले निर्णय गरेबमोजिम दुई हजार ६७४ जनामा अछामका ६ जना परेका छन् ।

राजपत्रमा प्रकाशित भएअनुसार वस्तीकी किथ्थी कुमारी धामी, ढाँकुका टेके कामी लुहार, भाटाकाटियाका विष्णु बहादुर थापा, सिउडीका शंकर बहादुर थापा, षोडशाका बहादुर सिंह खड्का, कालेकाँडाका उदयराज जैसीलाई सहिद घोषणा गरिएको हो । यसअघि सहिद घोषणा गरिएका वर्दादेवीका मोहनसिंह भुलको विवरणमा त्रुटी भएको भन्दै सच्चाइएको छ ।

मन्त्रीपरिषद्को गएको पुस २४ गतेको बैठकमा दुई हजार ६७४ सहिद घोषणा गर्ने निर्णय भएको थियो । सोही निर्णय अनुसार राजपत्रमा प्रकाशित गरिएको हो ।

देशमा विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउने उनीहरुलाई सम्मान स्वरुप गत पुष २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गरेकोमा दुई महिनापछि उक्त नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।

नेकपा (माओवादी केन्द्र)कै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकै सरकारले एक वर्ष अघि गत फागुन २९ गते विभिन्न आन्दोलनमा ज्यान गुमाएका र विभिन्न मितिमा सहिद घोषणा भएका आठ हजार ४६७ जनाको नामावली राजपत्रमा प्रकाशित गरेको थियो ।

पूरा विवरण हेर्नुस् । 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page