कर्मचारी संगठन अछामद्धारा चियापान कार्यक्रम गर्ने

अछाम । नेपाल निजामती कर्मचारी संगठन अछाम जिल्ला शाखाले होलीको अवसरमा चियापान कार्यक्रम गर्ने भएको छ । संगठनले आउँदो २७ गते मंगलसेनमा शुभकामना आदानप्रदानसँगै चियापान कार्यक्रमको आयोजना गर्ने भएको हो ।

अछाम बहुमुखी क्याम्पसको हलमा हुने शुभकामना आदाप्रदान तथा चियापान कार्यक्रमका लागि संगठनका सबै पदाधिकारी र सल्लाहकार समिति, अन्य संगठनका प्रमुख तथा प्रतिनिधिलाई बोलाइएको जिल्ला अध्यक्ष जगतबहादुर रावलले जानकारी दिनुभयो । यस्तै कार्यक्रममा जनप्रतिनिधि, दलका प्रतिनिधि, सम्बद्ध जनसंगठनका प्रमुख तथा प्रतिनिधि, क्याम्पस र विद्यालयका प्रमुख तथा प्रतिनिधिधि, पत्रकार, समाजसेवी, नागरिक समाज, शुभेच्छुक, शुभचिन्तकलाई बोलाइएको छ ।

“हिन्दुहरुको महान पर्व होलीको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएका छौं । सबैलाई आमन्त्रण गरेका छौं ।” अध्यक्ष रावलले भन्नुभयो । कार्यक्रम फागुन २७ गते अछाम बहुमुखी क्याम्पसको हलमा बिहान ११ बजे तोकिएको छ । होलीको अवसरमा कर्मचारी संगठनले शुभकामना तथा चियापानको कार्यक्रम सम्भतः पहिलो पटक हो । यस कार्यक्रमलाई सकारात्मक रुपमा लिइएको बताइएको छ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page