सुदूरपश्चिम प्रदेशका मन्त्रीद्वय साउँद र धामी पदमुक्त
अछाम । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीलाई जिम्मेवार मुक्त गरिएको छ । पदमुक्त हुनेमा समाजिक विकास मन्त्री झपटबहादुर साउँद र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी रहनुभएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले दुई मन्त्रीलाई पदमुक्त गर्नुभएको हो । पदमुक्त हुने दुवै जना नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधित्व रहेको थियो । साउँद अछाम-१ को ख केन्द्रबाट र धामी दार्चुलाका प्रदेश सभा सदस्य हुनुहुन्छ ।
पदमुक्त गरिएका दुवै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले आफै राख्नुभएको छ । अन्य मन्त्रीहरूको पद भने यथा अवस्थामा रहेको छ ।