एसईईका लागि अछाममा २५ केन्द्र, जिल्लाभरका प्राविधिकको परीक्षा क्याम्पसमा

अछाम । आउँदो एसईई परीक्षामा अछाममा २६ वटा परीक्षा केन्द्र कायम गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ अछामले ५ हजार ९ जनाले परीक्षा दिने गरे केन्द्र सार्वजनिक गरिएकाे हाे ।
मंगलसेन नगरपालिकास्थित षोडशा मावि मंगलसेन, राधा मावि बोगटीगाउँ, मंगला नेपाल राष्टिय मावि वलिगाउँ र अन्नपुर्ण मावि कालागाउँ परीक्षा केन्द्र कायम गरिएको इकाइका परीक्षा शाखा प्रमुख सुरेन्द्र बजगाइले जानकारी दिनुभयाे । साँफेबगर नगरपालिकामा जनकल्याण मावि साँफेबगर, बेतालमाण्डौ मावि घुघुरकोट, सुर्यचन्द्र मावि कालिमाटी, त्रिपुरासुन्दरी मावि श्रीकोट, महेन्द्र मावि वयलपाटामा परीक्षा केन्द्र राखिएको छ ।
रामारोशन गाउँपालिकाको नेपाल राष्टिय मावि चाफामाण्डौ, यशोदा मावि रामारोशन, चौरपाटी गाउँपालिकामा सिउडी मावि सिउडीमा केन्द्र तोकिएको छ । यस्तै ढकारी गाउँपालिकामा अष्टसिद्धि मावि ढुंगाचाल्ना, कालिका मावि हिच्मा, तुर्माखाँद गाउँपालिकामा सिद्धेश्वरी मावि धमाली, कालिकेश्वरी मावि तुर्माखाँदमा परीक्षा केन्द्र राखिएको छ ।
एसईई परीक्षाकै लागि मेल्लेख गाउँपालिका पिपिलचौर मावि बगुडा, जनता मावि मेल्लेख, कमलबजार जाल्पादेवी मावि ढाँकु, कात्यानी मावि विरपथमा परीक्षा केन्द्र राखिएको छ । पञ्चदेवल विनायकमा मालिका मावि बारला, विद्यामन्दिर मावि विनायकमा परीक्षा केन्द्र तोकिएको बजगाइको भनाइ छ ।
प्राविधिक धारका जिल्लाभरका विद्यार्थीहरुले मंलसेनमा रहेको अछाम बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र कायम गरिएको इकाइले जनाएको छ । यस्तै ग्रेडवृद्धि परीक्षा दिने जिल्लाभरका सबै विद्यार्थीको केन्द्र षोडशा मावि राखिएको छ । यसपटक अछाम जिल्लाभरमा नियमिततर्फ दुइहजार ७८ जना छात्र र दुइहजार २२३ जना छात्राले परीक्षा दिने भएका छन् । ग्रेडवृद्दितर्फ २९३ जना छात्र र ४३५ छात्रा रहेका शिक्षा विकास तथा समन्वय एकाइ अछामले जानकारी दिएको छ ।
कुन विद्यालय कहाँ