यस्तो सहमति भयो नयाँ समीकरणका चार दलको (पत्रसहित)
अछाम । सरकारको नयाँ समीकरणमा रहेका चार राजनीतिक दलहरुबीच ८ बुँदे लिखित सहमति गरेको सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको सहमति पत्रमा राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमाले उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको हो । यस्तै राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।
सङ्क्रमणकालीन न्याय, त्यस सम्बन्धि विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्तिका लागि साझा सहमती कायम गर्ने उल्लेख छ । यस्तै सङ्क्रमणकालीन विधेयक सहमतिमा तत्काल टुंगाे लाउने उल्लखे छ । आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने गरेर दलहरुसँग संवाद अघि बढाउने सहमति पनि भएको छ ।