कोटिहोमको विरूद्द प्रचार गर्नेलाई कार्वाहीको चेतावनी

अछाम । वैद्यनाथ धाममा जारी कोटिहोम महायज्ञको गलत प्रचार गर्नेलाई कानुनी दायरमा ल्याएर कार्वाही गरिने भएको छ । वैद्यानाथ कोटिहोम, संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिले यस्तो विज्ञप्ति जारी गरेको छ ।
सामाजिक सञ्जालमा आयोजक समिति, आचार्य वर्ग, गुरुवर्गप्रति गरिएका नकारात्मक प्रचारप्रसार गर्ने संघसंस्था तथा व्यक्तिलाई कानुनी दायरामा ल्याई कारवाही गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने भएको हो ।
नकारात्मक प्रचारप्रसार भएकोमा समितिले खेद व्यक्त गर्दै कानुनी दायरामा ल्याउने कार्यसम्पादन समितिले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । कोटिहोममा हालसम्म सवा करोड हवन मध्ये करिब १ करोड हवनसमेत भइसकेको विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुस् विज्ञप्ति