आगो सल्केर बारलामा ४५ दिने बालक गम्भीर घाइते

अछाम । सुताइ राखेको ओछ्यानमा आगो सल्किएर एक शिशु गम्भीर घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका-८ बारलाका ४५ दिनको शिशु गम्भीर घाइते भएका हुन् ।

घाइतेको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि राती नै प्रादेशिक अस्पताल सुर्खेत प्रेषण गरिएको छ । शिशुको बायाँतिरको शरीर जलेको बताइएको छ । आइतबार बेलुकी करिब ७ बजेर १५ मिनेटतिर घटना भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

घरको भान्सामा बेलुका खाना पकाई रहेको बेला अगेनाको छेउमा शिशुलाई सुताएर आफू घर बाहिर गएपछि ओछ्यानमा आगो सल्किएर बालक जलेको अछाम प्रहरीको भनाइ छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page