माधव नेपाल वैद्यनाथ धाम नआउने

अछाम । वैद्यनाथमा जारी रहेको कोटिहोम महायज्ञमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आउने कार्यक्रम रोकिएको छ । समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका नेपाल फागुन २० गते ११ बजे महायज्ञमा आउने भनिएपनि अन्तिम समयमा आएर रोकिएको हो ।
स्वास्थ्यका कारण माधवकुमार नेपाल वैद्यनाथ आउने कार्यक्रम स्थगित भएको महायज्ञ आयोजक समितिका उपाध्यक्ष तथा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य कुलबहादुर कुँवरले जानकारी दिनुभयो । उपाध्यक्ष कुँवरले आफ्नो फेसबुकमा स्टाटस लेख्दै माधवकुमार नेपाल वैद्यनाथ आउने कारण स्थगित भएको जानकारी गराउनुभएको छ ।
माधवकुमार नेपालको स्वास्थ्य समस्याको बारेमा भने उहाँले उल्लेख गर्नुभएको छैन । कोटीहोम महायज्ञ फागुन १० गतेबाट शुरू भएर फागुन २५ गतेसम्म चल्नेछ ।