हवनकुण्डको आगलागी प्राविधिक समस्या: संयोजक कुँवर
मंगलसेन । वैद्यनाथ धामको मुख्य हवनकुण्डमा आगलागी प्राविधिक समस्या भएको कोटिहोम महायज्ञ आयोजक समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले बताउनुभएको छ ।
आगलागी हुन गई प्राविधिक समस्या आएकोले प्राकृतिक समस्या आई रहन्छन अन्यथा नलिन हुन र भ्रममा नपर्न सबैमा अपिल आयोजक समितिका संयोजक कुँवरको छ । संयोजक कुँवरका अनुसार भोलिबाट कोटिहोमको नियमित काम सुचारु हुने र श्रद्धालु भक्तजनलाई सहभागीताको लागि अनुरोध गर्नुभएको छ ।
आगलागीका बारेमा महायज्ञ आयोजक कमिटीका उपाध्यक्ष तथा साँफेबगर नगरपालिका निवर्तमान प्रमुख कुलबहादुर कुँवरले महायज्ञको प्रचारप्रचार कमी भएको बेलामा आगलागीले महायज्ञ भाइरल भएको बताउनुभएको छ । फेसबुकको भिडियो सन्देशमा उहाँले रातभर हवनकुण्डको निर्माण गरेर भोलि बिहान क्षमा पूजापछि नियमित काम अघि बढ्ने बताउनुभएको छ ।
आज दिउँसो १:३० बजेतिर कोटिहोमको खरले छाएको मुख्य हवनकुण्डमा एक्कासी आगलागी भएको थियो । आगलागीबाट काठ र खर बाहेक कुनै क्षति नभएको महायज्ञ आयोजक समितिको दावी रहेको छ ।
फागुन १० गतेबाट शुरू भएको कोटिहोम महायज्ञ फागुन २५ सम्म चल्ने छ । महायज्ञको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो ।