वैद्यनाथ कोटिहोममा नवौं दिनसम्म एक करोड ४४ लाख बढी नगद संकलन
अछाम । वैद्यनाथ धाममा सञ्चालित कोटिहोम महायज्ञको नवौं दिनसम्म १ करोड ४४ लाख बढी नगद रकम संकलन भएको छ । विभिन्न दाताहरूबाट १ करोड, ४४ लाख ६८ हजार नगद रकम संकलन भएको आयोजक समितिका कुलबहादुर कुँवरले सार्वजनिक गर्नुभएको छ ।
संकलन भएको मध्येमा ७१ लाख ६० हजार खर्च भएको र ७३ लाख ८ हजार रकम बचत रहेको कुँवरले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको छ । स्थानीय तहहरुले गरेको निर्णय अनुसारको ३७ लाख आउन बाकी रहेको बताइएको छ ।
१४४ वर्षपछि वैद्यनाथ धाममा कोटिहोम महायज्ञ फागुन १० गतेबाट सञ्चालन भइरहेको छ । कोटिहोमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो । कोटिहोम फागुन २५ गतेसम्म चल्नेछ ।