शिक्षक संघ अछामको प्रतिनिधि सभा भेला सम्पन्न: शिक्षा नीतिप्रति चिन्ता व्यक्त

मंगलसेन । अछाम-२ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली काङ्ग्रेस अछामका सभापति पुष्पबहादुर शाहले समाज रुपान्तरणको संवाहक शिक्षक भएको बताउनु भएको छ । `गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेशाको पुर्बाधार´ भन्ने नारामा शिक्षक संघ अछामले २२औँ जिल्ला प्रतिनिधि सभाका क्रममा शाहले सो कुरा बताउनुभएको हो ।

प्रतिनिधि सभा सदस्य शाले विद्यालय शिक्षा सदनमा प्रस्तुत भयपनि पारित हुन नसकेकोले भनाइ राख्नुभयो । नेपालमा उपयुक्त शिक्षा नीति नबन्दा शिक्षासँगै अन्य क्षेत्र पनि अस्तव्यस्त रहेको बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधि, कार्यकर्ता र पार्टीबीच समन्वयको अभाव खड्केको बताउनुभयो। शाहले काँग्रेस पार्टी कार्यालय सार्वजनिक जग्गामा बनेको भनेर आएकोप्रति आफूलाई जोडेकोमा आक्रोश व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि पूर्वप्रतिनिधि सभा सदस्य रामबहादुर विष्टले समाज रुपान्तरण लोकतन्त्रका हिमायती शिक्षकहरुले लोकतन्त्रको खातिर विभिन्न कालखण्डहरुमा बलिदान दिएको भनाइ राख्नुभयो। त्यस्तै देशको शिक्षा नीति सोचे अनुरुप नहुदा विद्यार्थीहरु देश बाहिर पलायन हुने गरेको बताउनुभयो।

शिक्षक संघका केन्द्रीय उपाध्यक्ष खडकबहादुर खड्काले बोल्दै नेपालमा गुणस्तरीय शिक्षाको विकल्प नरहेको बताउँदै उनले आफ्नो पेशाप्रति शिक्षक सधै दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो । निरङ्कुश शासन व्यवस्थाको बेलामा पनि प्रजातन्त्र प्राप्तिका लागि शिक्षकहरुले पुर्याएको योगदान अतुलनीय रहेको उहाको भनाइ छ । नेपालको शिक्षा प्रणालीमा सुधार नहुँदा शिक्षा क्षेत्र अस्तव्यस्त रहेकोले शिक्षकहरुका माग र शिक्षा ऐन परिमार्जनका बिषयमा नेपाल शिक्षक संघ केन्द्रमा निरन्तर लागि परेको बताउनुभयो।

जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले सम्बोधन गर्दै शिक्षकहरुको योगदानलाई राज्यले सही मुल्याङकन गर्न नसकेको बताउनुभयो । सभाको कार्यक्रममा महासमिति सदस्य बलबहादुर कुँवर, पदमराज अधिकारी, नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्य मदनबहादुर कुँवर, देवेन्द्रबहादुर शाह लगायतले मन्तव्य राख्नुभएको थियो ।

शिक्षक संघ अछामका सचिव रुपानन्द उपाध्यायले साङठनिक प्रतिवेदन, महिला विभाग प्रमुख शारदा चलाउनेले महिला विभागको प्रतिवेदन र अर्थ सचिव टंक तिमिल्सेना रु. ७ लाख ८५ हजार ९ सय २६ रुपैँया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नेपाल शिक्षक संघ अछामका अध्यक्ष नवेन्द्रराज जोशीको अध्यक्षता रहेको कार्यक्रममा नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page