महिला कर्मचारी बीच कार्यालयमै भकाभक
अछाम । बाजुराको बडिमालिकाका महिला कर्मचारीबिच पालिकाभित्रै कुटाकुट भएको भिडियो बाहिरिएको छ । शुक्रवार घटेको घटनाको भिडियो आज सामाजिक सञ्जालमा व्यापक (भाइरल) भएको हो ।
स्रोतका अनुसार मेड्पा परियोजना प्रमुख रञ्जीता शाही र कविता कुमारी सुर्यवंसीबीच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको समाचार बाहिरिएका छन् । कुटाकुटपछि घाइते भएकी सुर्यवंशी अस्पताल भर्ना भएर उपचार भइरहेको बताइएको छ ।
जिम्मेवारीको विषयमा आन्तरिक विवाद हुँदा घटना भएको भनिएपनि वास्तविकता आउन बाँकी रहेको छ । श्रोतका अनुसार एक अर्काप्रति अविश्वास र आशंकाले कुटाकुट भएको श्रोतको भनाइ छ ।
घटना शुक्रबार नै प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीसहित मिलेर दुवैलाई आपसमा मिलाइएको बताइएको छ । घटना भएको दिन नगरपालिका प्रमुख र उपप्रमुख जिल्ला बाहिर रहेको बताइएको छ ।