हिंसा पीडितको सहजताका लागि मंगलसेनमा नक्साङ्कन
मंगलसेन । बाल संरक्षण र लैगिक हिंसा सम्बन्धि सेवा प्रदायकहरुको नक्सांकन प्रकाशन र वितरण सम्बन्धि छलफल मंगलसेनमा सम्पन्न भएको छ । हिंसा पीडिहरुले पाउने सेवालाई सहजै रुपमा लिन सक्ने गरी विभिन्न निकायले प्रदान गरिने सेवालाई एकत्रित गरेर नक्सांकन गरिएको छ ।
मंगलसेन नगरपालिकाले हिंसामा परेका व्यक्ति र बालबालिकाहरुलाई दिने सेवालाई शाखागत रुपमा नक्सांकन गरिएको छ । जिल्लामा रहेका यस क्षेत्रमा संलग्न सरकारी र गैरसरकारी क्षेत्रको समेत कार्यालय, सेवा र सम्पर्क व्यक्तिको विवरण उल्लेख गरिएको छ ।
छलफल कार्यक्रमका प्रमुख अथिति कार्यक्रममा मंगलसेन नगरपालिकाका उपप्रमुख संगीता रावल सोडारीले मंगलसेन नगरपालिकाले हिंसा विरुद्धमा काम गरिहेको भन्दै नक्सांकनले पीडितलाई थप सहज भएको भनाइ राख्नुभयो । कार्यक्रमका अध्यक्ष तथा मंगलसेन नगरपालिकाका सामाजिक विकास समितिका संयोजक बृखबहादुर बोगटीले सबै प्रकारका हिंसा नियन्त्रण गर्न नगर सक्रिय रहेको भन्दै यसमा सबैलेले सचेत र सजग हुनुपर्ने भनाइ राख्नुभयो । अध्यक्ष बोगटीले हिंसामा परेका व्यक्ति र बालबालिकाहरुको उद्धार, राहत र सहयोगका क्षेत्रमा नगरपालिकाले काम गरिरहेको भन्दै हिंसाको विरुद्धमा सक्रिय हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, मंगलसेन नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु, हिंसाका क्षेत्रमा अछाममा कार्यरत संघसस्था, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । मंगलसेन नगरपालिकाका सहजकर्ता पानसरा रावलले सहजीकरण गर्नुभएको कार्यक्रमको सञ्चालन निड्ड नेपालका सामाजिक परिचालन सीता भट्टराई गर्नुभएको थियो । निड्स नेपालले अछामको मंगलसेन र साँफेबगरमा बालविवाह विरुद्धको परियोजना सञ्चालन गरिरहेको छ ।