मंगलासैनी प्राविको अभिभावक भेला: गुणस्तरीयतामा गाउँपालिका अध्यक्षको जोड
अछाम । मेल्लेख गाउँपालिकाको मंगलासैनी आधारभुत विद्यालयको २१औं अभिभावक भेला तथा छैटौं वार्षिकउत्सव आज सम्पन्न भएको छ । नन्देगडाको दुपाल्तमा यस्तो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमकम प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ज्वालासिंह साउँदले शैक्षिक संस्थाप्रति उतरदायी भएर गुणस्तरीय शिक्षाको विषयमा बहस हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समय शिक्षामा गुणस्तर खस्किदै गएको भन्दै भौतिक निर्माणले प्राथमिकता पाएपनि शिक्षा क्षेत्र पछाडि परेको भनाइ राख्नुभयो । शिक्षामा राजनीति हुन नहुने भन्दै शिक्षकले राजनीतिमा नरहेको शिक्षकले प्रमाण पेश गरेमा पालिकाले पुरस्कार गर्ने भनाई राख्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश रावलकाे अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा प्रधानध्यापक भीमप्रसाद उपाध्यायले शैक्षिक, भाैतिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयका लेखापाल इन्द्रबहादुर विकद्वारा आर्थिक बर्ष २०७९/८० काे आयव्यायमा ३१ लाख ८८ हजार बराबरको आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको छ
अभिभावक भेला तथा वार्षिकोत्सव कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल र विभिन्न क्षेत्रका व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्नुभयो । भेला तथा वार्षिकोत्सवकाे अवसरमा कक्षागत रुपमा प्रथम, दितिय र तृतीय हुने विद्यार्थीलाई पुरुस्कार वितरण गरिएको लालबहादुर चदाराले जानकारी दिनुभयो ।