विद्यालय फुटाएर सात लाख बढीको चोरी: के के चोरियो हेर्नुहोस्

अछाम । कमलबजार नगरपालिका-१ मुलीको शिशुबोधनी माद्यामिक विद्यालयबाट ७ लाख ५५ हजार बढीको सामग्री चोरी भएको छ । विद्यालयमा रहेको सूचना, सञ्चार प्रविधि (आइसिटी) कम्प्युटर र अन्य सामग्री राती नै अज्ञात समूहले चोरी गरेको विद्यालयका प्रधानाध्यापक धर्मराज बजगाइले जानकारी दिनुभयो ।

डेस्कटप कम्प्युटर ४ थान, ल्यापटप २ थान र कम्युटरका अन्य सामग्री गरेर पाँचलाख पाँच हजार र २ लाख ५० हजारको अन्य सामग्री चोरी भएको विद्यालय प्रशासनले जानकारी दिएको छ । कम्प्युटर, ल्यापटप, कुर्सी, आवाज निकाले (साउण्ड सिस्टम), दिवा खाजाका सामग्री चोरी भएको प्रधानाध्यापक बजगाइको भनाइ छ ।

विद्यालयको ढोका फोडेर चोरी भएको पाइएको छ । चोरीका क्रममा अरू सामग्री समेत टोडफोड गरिएको प्रधानाध्यापकको भनाइ छ । चोरी गर्ने व्यक्तिको हालसम्म पहिचान नभएको भएपनि प्रहरीमा जानकारी दिएर मुचुल्का बनाएर प्रहरीले आफ्नो प्रक्रिया अघि बढाएको बताइएको छ ।आर्थिक वर्ष २०७६/७७ मा कमलबजार नगरपालिकाले ६ लाख ५० हजार रकमको सहयोगमा आइसिटी ल्याब स्थापना गरिएको थियो । चोरी गर्नेको खोजि भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page