अछाममा स्वास्थ्य दिवसः सरसफाइ र ब्याटिमन्टन
अछाम । राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसमा सरसफाई र ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेर मनाइएको छ । ‘दक्ष जनशक्ति गुणस्तरीय सेवाः निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने मुल नाराका साथ स्वास्थ्य कार्यालयको अछामको आयोजनामा मंगलसेन बजार सरसफाई र ब्याटमिन्टन प्रतियोगिता गरेर दिवस मनाइएको कार्यालय प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले जानकारी दिनुभयो ।
दिवसका क्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर, मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर कुँवर, नेपाल रेडक्रस सोसाइटी अछामका सभापति रत्नप्रसाद ढुंगाना, जिल्ला अस्पताल प्रमुख डाक्टर अनमोल थापा, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत झपटराज ढुंगाना, स्वास्थ्यकर्मी, कर्मचारी र स्वास्थ्य अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो ।
सहभागीहरुले मंगलसेन बजारमा रहेको मुख्य ठाउँहरुमा सरसफाई गरिएको बताइएको छ । सहभागीहरु स्वास्थ्य दिवसको अवसरमा एकआपसमा शुभकामना आदानप्रदान समेत गरेका छन् । नेपालमा स्वास्थ्य ऐन जारी भएको २०५३ बाट हरेक वर्ष फागुन १५ गते स्वास्थ्य दिवस मनाइने गरिन्छ ।
स्वास्थ्य मन्त्रालयले सबै प्रदेश र स्थानीय तहलाई सरसफाई, खेलकुद, रक्तदान लगायतका रचनानात्मक कार्यक्रय गरेर स्वास्थ्य सेवा दिवस–२०८० मनाउन फागुन ८ गते नै पत्र पठाएको थियो । २०५३ सालबाट हरेक वर्षको फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाइले गरिएको छ ।