अनेरास्ववियु अछाममा नयाँ नेतृत्व चयन

अछाम । नेकपा (एमाले) निकट अनेरास्ववियु अछामको १९ औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै मंगलसेनमा सम्पन्न भएको छ । अधिवेशनले प्रेम देवकोटाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको छ ।
अनेरास्ववियु अछामको नयाँ चयन भएको कमिटीको उपाध्यक्षमा भीम बडाहित र राजकुमार सुनार, सचिवमा जगत भण्डारी चयन हुनुभएको एमाले सचिव भीम रावलले जानकारी दिनुभयो । कमिटीको सहसचिवमा श्यामसुन्दर रावल, मनोज रावल, भुमिका साउँद, खेमराज बुढा र कोषाध्यक्षमा मिलन साउँद र अन्य सदस्यमा चयन भएका हुन् ।
जिल्ला अधिवेशनको उद्घाटन शुक्रबार अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले गर्नुभएको थियो । अनेरास्ववियुका अध्यक्ष, नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका र जिल्ला तहका नेताहरुले शुभकामना मन्तव्य दिएका थिए ।