अटोरिक्साको ठक्करबाट रिडिकोटका एक महिलाको उपचारको क्रममा मृत्यु

अछाम । अटोरिक्साको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ । साँफेबगर नगरपालिका–७ रिडिकोट निवासी ५५ वर्षीया जनक शाहको वयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पुष्पलाल (मध्यपहाडी) सडक अन्र्तगत साँफेबगर–मंगलसेन सडक खण्डको रिडिकोट नजिक सडक पार गरिरहेको अवस्थामा शाहलाई अटोरिक्साले ठक्कर दिएर घाइते हुनुभएको थियो । घाइते भए लगत्तै शाहलाई नजिकै रहेको वयलपाटा अस्पतालमा पुर्याइएपनि उपचारको क्रममा निधन भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश ०१–००१ ह ६४२३ नम्बरको अटोरिक्साले शाहलाई ठक्कर दिएको बताइएको छ ।

ठक्कर दिने अटोरिक्सा र चालक बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनका विशाल बोहरालाई प्रहरीले नियन्त्रणमा लिइएको अछाम प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख भण्डारीको भनाई छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page