अछाम जिल्लास्तरीय बाल सञ्जाल गठनः अधिकार, कर्तव्य र सामाजिक विषयमा वकालत गर्ने

मंगलसेन ।  बालबालिकाहरुको अधिकार, कर्तव्य र सामाजिक सवालमा वकालत गर्नेगरी अछाम जिल्लास्तरीय बाल सञ्जाल गठन गरेको छ । अछाम सदरमुकाम मंगलसेनमा भएको बालबालिकाहरुको भेलाले कमलबजार नगरपालिका निवासी मनिसा साउँदको नेतृत्वमा २१ सदस्यीय बाल सञ्जाल गठन गरेको हो ।

सञ्जालको उपाध्यक्षमा पञ्चदेवल विनायक नगरपालिकाकी रिता ढकाल र तुर्माखाँद गाउँपालिकाका खेमराज धमाला चयन भएका छन् । यस्तै महासचिवमा ढकारी गाउँपालिकाका लोचन कुँवर, सचिवमा साँफेबगर नगरपालिकाका रोहित शर्मा, सहसचिवमा बान्नीगढी जयगढ गाउँपालिकाकी आकृति ताम्राकार र कोषाध्यक्षमा चौरपाटी गाउँपालिकाकी सुस्मिता देउकर सर्वसम्मत चयन भएका हुन् । दशवटै स्थानीय तह समेटिने गरेर १४ सदस्यहरुमा चयन गरिएको सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर रावलले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख रावलको अध्यक्षतमा सम्पन्न भएको भेलामा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुँवर, कमल बजार नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकाल, पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउने, ढकारी गाउँपलिका अध्यक्ष प्रकाश साउँद, प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सामाजिक विकास कार्यालयले पछिल्लो समयमा आफ्ना गतिविधिलाहरूलाई तिब्रता दिँदै आइरहेको छ । जिल्ला विभिन्न भागमा आफ्ना वार्षिक क्रियाकलापहरु सम्पन्न गरिरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page