रामारोशन गाउँपालिकाद्वारा फागुन १ मा ‘जनयुद्द दिवस’ को बिदा

अछाम । जनयुद्ध दिवसको अवसरमा अछामको रामारोशन गाउँपालिकाले पालिकाभर बिदा दिएको छ । गाउँ आइतबार बसेको बैठकको निर्णय अनुसार नेपाली जनतालाई वास्तविक रुपमा अधिकार सम्पन्न र सार्वभौम बनाएको भन्दै बिदा दिने निर्णय भएको बताइएको छ ।

गाउँपालिका कार्यालयले जारी गरेको सूचानमा तत्कालिन केन्द्रिकृत निरंकुश राज्य सत्ताको अन्त्य गरी नेपाली जनतालाई वास्तविक रुपमा अधिकार सम्पन्न र सार्वभौम बनाउने उद्घोष सहित तत्कालिन नेकपा माओवादीद्वारा जनयुद्ध सुरु गरिएको दिन फाल्गुन १ गते भनेर उल्लेख गरिएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक खनालद्धारा प्रकाशित गरिएको सूचानमा फागुन १ गतेका दिन गाउँपालिकाका सहित परिवारमा सम्मान तथा साँस्कृतिक कार्यक्रम गर्ने उल्लेख छ । उक्त बिदालाई स्थानीय बिदा भनिएको छ ।

अघिल्लो वर्षको पुस १३ गते सर्वोच्च अदालतले सरकारको निर्णय संविधानको भावनाविपरीत रहेको ठहर गर्दै जनयुद्ध दिवस मनाउने सार्वजनिक बिदा खारेज गरिदिएको थियो । २०७९ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!