घाँस काट्ने क्रममा रुखबाट खसेर बाब्लाकी एक महिलाको मृत्यु

उपचारका लागि वयालपाटा ल्याउँदै थिए ।

अछाम । घाँस काट्ने क्रममा रुखबाट खसेर एक महिलाको मंगलबार मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१३ बाब्लाकी ६५ वर्षीया निखिरा नेपाली रहेकी छन् ।

रुखबाट खसेर गम्भीर घाइते भएकी निखिराको उपचारका क्रममा वयालापाटा अस्पतालमा ल्याउँदै गर्दा बाटैमा निधन भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

घरबाट करिब दुई सय मिटर ढाटाको रुखमा निखिरा बेडुलाको रुखबाट खसेको बताइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page