ढुंगा निकाल्ने क्रममा पहिरोका कारण एकको मृत्यु, अर्का गम्भीर घाइते

अछाम । ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको पहिरोले आइतबार एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मेल्लेख गाउँपालिका वडा–५ का निवासी ६३ वर्षीय नर बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । मृतकका भतिजा ४८ वर्षीय भीम बहादुर खड्का गम्भीर घाइते भएका छन् ।
घाइतेको भीम बहादुरको कम्मर र शरीरको पछाडिको भागमा गम्भीर चोट लागेको र वयपलपाटा अस्पतालमा उपचार भइरहेको बताइएको छ । सोही वडाको कौलेना भन्ने स्थानमा ढुङ्गा निकाल्ने क्रममा माथिबाट आएको पहिरोका कारण मृत्यु र घाइते भएको बताइएको छ ।
गाउँकै व्यक्तिको घर निर्माणका लागि उक्त ढुंगाखानीबाट ढुंगा निकालिरहेका बताइएको छ । २०६० सालमा नर बहादुरकी श्रीमती सुत्केरीकै कारण निधन भएको बताइएको छ ।