पुराना परीक्षार्थीले माैका परीक्षा दिन पाउनेः फाराम खुल्यो

अछाम । स्नातक तह र स्नाकोत्तर तहको परीक्षा दिएर उत्तिर्ण हुन नसकेका विद्यार्थीहरुले माैका परीक्षा दिन पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले तीन वर्षे र चार बर्षे कार्यक्रममा अनुत्तिर्ण भएका विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएका हुन् ।
वार्षिक परीक्षा प्रणाली अनुसार २०८१ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानून संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने छन् । स्नातक तहको प्रथम, द्वितीय, तृतीय र चौथो र स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षमा अनुत्तिर्ण भएका विद्यार्थीहरुले मौका परीक्षा दिने गरी आफ्नो क्याम्पसबाट परीक्षा फाराम भर्न पाउने छन् ।
मौका परीक्षा दिन पाउने विद्यार्थीले २०८१ साल माघ २४ गतेदेखि २०८१ साल फागुन २३ गते सम्ममा नियमित दस्तुर र त्यसको एक हप्ताभित्र दोब्बर दस्तुरमा परीक्षा आवेदन दिन सक्ने सूचना प्रकाशित भएको छ । परीक्षा दस्तुर सहित सम्बन्धित क्याम्पसमा मौका परीक्षाका लागि फाराम भर्न भनिएको छ ।
त्रिभुवन विश्वविद्यालयले यसअघि उत्तिर्ण हुन नसकेका पुराना विद्यार्थीहरुलाई मौका परीक्षा दिने निर्णय गरेको थियो । मौका परीक्षा दिन पाउने भएपछि अनुत्तिर्ण भएका विद्यार्थीलाई राहत भएको पाइन्छ ।