मानव बेचबिखन तथा ओसारपसारको आरोपमा खनाल पक्राउ

अछाम । मानव बेचबिखन तथा ओसारपसारको कसुरमा नेपाली कांग्रेस अछामका एक नेता तथा पूर्ववडा अध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अछामको बिनायक नगरपालिका-८ का पूर्व वडा अध्यक्ष रहेका तारा प्रसाद खनाल अछाम क्षेत्र नं २ प्रदेश सभा (क) को सभापति हुन् ।

खनाललाई आइतबार कैलालीबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका प्रवक्ता डिएसपी ज्ञानबहादुर विष्टले बताउनुभयो ।

‘तारा प्रसाद र चन्द्रप्रसाद खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको रहेछ । त्यसपछि हामीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका हौं,’ विष्टले भन्नुभयो ।

खनाल विरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको विष्टले बताउनुभयो । एक देशमा पठाउछु भनेर अर्को देश पठाएको आरोपमा पुसमा उनीहरुविरुद्ध जाहेरी परेको प्रहरीले जनाएको छ। खप्तडप्रेसबाट साभार 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page