एमालेका केन्द्रीय उपाध्यक्ष बादल अछाममा

मंगलसेन । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष राम बहादुर थापा (बादल) अछाम सदरमुकाम मंगलसेनमा पुग्नुभएको छ । एमाले अछामद्धारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न थापा मंगलसेन पुग्नु भएको हो ।

नेकपा (एमाले) अछामले भोलि बिहीबार मंगलसेनमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । उक्त भेलालाई उपाध्यक्ष थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले अछामले जानकारी दिएको छ । उपाध्यक्ष थापालाई एमाले अछामका नेता कार्यकर्ताले मंगलसेनमा स्वागत गरेका छन् । पार्टीका केन्द्रीय सदस्य त्रय झपट बहादुर बाेहरा, कमल तिमिल्सेना र यज्ञ बाेगटी लगायतले थापालाइ जिल्लामा स्वागत गर्नुभएको हाे । 

एमाले अछामको कार्यालयमा रहेको हलमा हुने अगुवा कार्यकता भेलामा वडा कमिटी देखि जनप्रतिनिधिहरु समेत सहभागी हुनेछन् । भेलामा जिल्ला कमिटी पदाधिकारी, सदस्य र सल्लाहकार परिषद् सदस्यहरू, स्थानीय तहका कमिटीका पदाधिकारीहरू, वडा कमिटीका अध्यक्ष र सचिवहरू, पेशागत तथा जनसंगठनका केन्द्र, प्रदेश कमिटीका सदस्य र जिल्ला कमिटीका पदाधिकारीहरूको सहभागिता रहने छ ।

भेलामा पार्टीबाट निर्वाचित संविधान सभाका सदस्य र सबै जनप्रतिनिधिहरू, प्रदेश कमिटीका सदस्य, सल्लाहकार परिषद् सदस्य र पूर्व प्रदेश कमिटीका सदस्यहरूको सहभागी हुनेछन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page