मंगलसेन नगरका प्रधानाध्यापक बैठकः फागुन २५ बाट वार्षिक परीक्षा

अछाम । मंगलसेन नगरपालिका अन्र्तगत रहेका विद्यालयमा फागुन २५ गतेबाट वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ । नगरको शिक्षा, युवा तथा खेलकुद शाखाद्धारा आयोजित प्रधानाध्यापकहरुको बैठकले यस्तो निर्णय गरिएको हो । वार्षिक परीक्षाको नतिजा भने चैत २८ गतेभित्र प्रकाशित गर्ने निर्णय गरिएको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत जगत बहादुर रावलको अध्यक्षतामा भएको बैठकले शिक्षा क्षेत्रका अन्य विभिन्न प्रस्तावहरुमा निर्णय गरेको छ । वार्षिक परीक्षाका लागि प्रश्नपत्र निर्माणका लागि विभिन्न विद्यालयलाई कक्षागत रुपमा जिम्मेवारी दिइएको छ ।

बैठकमा विद्यालयको इएमआइस अद्यावधिक, प्रश्नपत्रको अन्तिम रुप दिने, कक्षा ८ को आवेदन फाराम, बालविकासदेखि ३ कक्षासम्मको मूल्यांकन गर्ने निर्णय गरिएको छ । यस्तै अन्तरविद्यालय केन्द्राध्यक्ष तोक्ने, उत्तरपुस्तिका परीक्षण र स्थानीय पाठ्यपुस्तकका बारेमा छलफल भएको थियो । शिक्षा अधिकृत रावलले प्रस्ताव गरेका विषयहरुमा प्रधानाध्यापकहरुले व्यापक रुपमा छलफल गरेर निष्कर्ष निकाल्नु भएको छ ।

यस्तै प्रधानाध्यापकहरुलाई सिकाइ क्षती आपुरण तथा द्रुत सिकाइ योजना सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न भएको छ । शाखा अधिकृत रावलले उक्त योजनाका बारेमा विस्तृत रुपमा प्रस्तुति गर्दै यसको कार्यान्वयन प्रक्रियाका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रम समापन पश्चात प्रधानाध्इापकहरुलाई महावीर पुनको सम्झना, सपना र अविरल यात्रा र यज्ञराज उपाध्यायको काली–कर्णालीको लोक साहित्य तथा संस्कृति किताब वितरण गरिएको छ । 

मंगलसेन नगरपालिकाको कार्यालय हलमा भएको बैठकको सञ्चालन शाखाका प्राविधिक सहायक दिपक भण्डारीले गनुभएको थियो । उक्त बैठकमा मंगलसेन नगरपालिकका अन्र्तगतका विद्यालयका प्रधानाध्पाकहरुको सहभागिता रहेको थियो । शाखाले समय समयमा प्रधानाध्यापक लगायतसँग बैठक गर्दै आइरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page