अछाममा झण्डै १४ हजार किशोरीलाई एचपीभी खोप लाइने

अछाम । अछाम जिल्लामा झण्डै १४ हजार किशोरीलाई एचपीभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ कार्यालयका अनुसार ६ देखि १० कक्षासम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १३ हजार ९२१ जना किशोरीलाई खोप लगाइने भएको हो ।

माघ २२ गते देखि सञ्चालन गरिने खोप अभियानमा १६२ विद्यालय र ९७ स्वास्थ्य केन्द्रमा खोप केन्द्रमा खोप केन्द्र तोकिएका छन् । विद्यालयमा रहेका खोप केन्द्रबाट १३ हजार ६१३ छात्रा र विद्यालय नजाने २४८ बालिकालाई खोप लाइने स्वास्थ्य कार्यालय अछामका प्रमुख दिपेन्द्र जोशीले जानकारी दिनुभयो । विद्यालयमा खोप पाउने मध्येमा कक्षा ६ का दुई हजार ९७६ र कक्षा ७ देखि १० सम्मका १० हजार ६९७ छात्रा रहेका बताइएको छ । यस्तै विद्यालय बाहिर रहेका १० वर्ष उमेरका २० जना र ११ वर्षदेखि १४ वर्ष उमेरका २२८ जना रहेका जोशीको भनाइ छ ।

अछामका दश पालिकामध्ये सबैभन्दा बढी पञ्चदेवल विनायक नगरपालिकामा एक हजार ६४८ र सबै भन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा ८२७ जनालाई एचपीची खोप लगाइने छ । मेल्लेख गाउँपालिकामा एक हजार ६३१, रामारोशन एक हजार ५६६, मंगलसेन एक हजार ५६१, साँफेबगर नगरपालिका एक हजार ५०२, तुर्माखाँद गाउँपालिकामा एक हजार ४२५, कमलबजार एक हजार ४२६, ढकारी गाउँपालिकामा एक हजार १८९ र चौरपाटी गाउँपालिका एक हजार १५६ जना किशोरीलाई खोप लगाइने बताइएको छ ।

खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर सम्बन्धित स्थानीय तहमा खटिसकिएको बताइएको छ । खोपका लागि आवश्यक सामग्री तयार भइसकेको र सरोकारवाला निकायहरुलाई जानकारी दिने काम भइरहेको कार्यालयले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशकाे सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले एचपीभी खोपका बारेमा पत्रकारहरूका बीचमा विस्तृत रूपमा प्रस्तुतिकरण गर्नुभएकाे थियो । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page