भ्रामक सूचना सम्प्रेषण भएको भन्दै अछाम प्रहरीको विज्ञप्ति

अछाम । किशोरी मृत्यु प्रकरणमा विभिन्न माध्यमबाट भ्रामक सूचना फैलाएको भन्दै अछाम प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाचारमुलक सञ्चार माध्यम र समाजिक सञ्जालमा सूचनाको आधिकारिता विना अनुसन्धान प्रक्रिया प्रभावित हुने गरेर सूचना आएको अछाम प्रहरीको ठम्याई छ ।

सूचना सम्प्रेषण गर्न पूर्व आधिकारिकता समेत नबुझी प्रहरी कार्यालय र प्रहरी कर्मचारीले भनेको भनि झुष्ठ्ठा, बनावटी एवं भ्रमात्मक सूचना सम्प्रेषण भएको अछाम प्रहरीको ठहर छ । ‘……मिडिया, अनलाइन, पत्रपत्रिकाहरु र फेसबुक लगायतका सामाजिक संजालहरुमा स्टाटस तथा भ्रमात्मक समाचारहरु फैलाएकोप्रति यस कार्यालयको गम्भरी ध्यानाकर्षण भएको छ ।’ कार्यालयद्धारा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

अपराधको अनुसन्धान, रोकथाम र नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय अछाम पूर्ण रुपमा सजग तथा जिम्मेवार भई दत्त चित्तकासाथ लागि रहेको विज्ञप्तिमा उल्लेख छ । गम्भीर प्रकृतिका घटनाको अनुसन्धानको क्रममा आधिकारिता भ्रमपूर्ण सूचना सम्प्रेषणमा नगर्न जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक टेक बहादुर देउवाद्धारा जारी विज्ञप्तिमा अनुरोध गरिएको छ ।

पल्साता निवासी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इसरा खड्का गएको शनिबार बेलुकी जंगलमा चोट लागेको अवस्थामा मृत भेटिएका थिए । शुक्रबार बाख्रा चराउन गएका दुई किशोरी घर नफर्केपछि खोजिका क्रममा पछिल्लो दिन बेलुकी शव फेला परेको थियो । परिवारले हत्या आशंका गरेको छ भने चौतर्फी रुपमा गहन अनुसन्धानको माग भइरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page