ज्ञान मन्दिर मावि बलातामा २१ सदस्यीय बाल क्लब गठन

अछाम । ढकारी गाउँपालिकाको बतालास्थित ज्ञान मन्दिर मावि विद्यालयस्तरीय बाल क्लब गठन गरिएको छ । कक्षा ९ मा अध्ययनरत गीता साउँदको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा कक्षा ९ कै हिमाल साउँद र सचिवमा निरा साउँदलाई चयन गरिएको विद्यालयका प्रधानाध्यापक भीम बहादुर बोहराले जानकारी दिनुभयो । कक्षा ८ का पारस साउँद सहसचिव र ९ कक्षाका दिलसरा साउँद कोषाध्यक्ष रहनुभएको छ ।
समितिको सदस्यमा कक्षा ८ मा अध्ययनरत हारमता साउँद, ललिता साउँद, जनक साउँद, रमेश कामी, ६ कक्षाका भरत साउँद, कपिल साउँद, ५ कक्षाका गणेश बुढा, गीता थापा, प्रकाश नेपाली, जमन बुढा, जौकला साउँद, कक्षा ७ का पवित्रा साउँद, लक्ष्मी कामी रहेका छन् ।
विद्यालयस्तरीय बाल क्लबले रचनात्मक काम गर्ने बताइएको छ । नवगठित बाल क्लबलाई विद्यालय परिवारले बधाइ दिएको छ ।