दुई किशोरी मृत्यु प्रकरणः एमाले अछामद्वारा दर्दनाक घटनाको संज्ञा

अछाम । नेकपा (एमाले) अछामले ढकारीको पल्साँताका दुई किशोरी मृत्यु प्रकरणलाई दर्दनाक घटना भएको जनाएको छ । एमाले अछामले एक विज्ञप्ति प्रकाशित स्तब्ध बनाएको घटनाको सुक्ष्म अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गरिएको छ ।

‘दुईटै किशोरीको भौतिक शरिर मृत अवस्थामा फेला परेको असामयिक, अत्यन्त दर्दनाक घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ । यस घटनाको शुक्ष्म अनुसन्धान गरि सत्य तथ्य पत्ता लगाउन सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गर्दछौं ।’ एमाले अछामका अध्यक्ष चन्द्र बोहराद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

ढकारी गाउँपालिका–८ पल्साँता निवासी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इसरा खड्का शुक्रबार गोठाली गएकी थिइन् । बेलुकीसम्म घर नफर्केपछि आफन्तले खोजि गर्ने क्रममा शनिबार बेलुकी छिन्ने ओडार जंगलमा दुवै मृत अवस्थामा फेला परेकी थिइन् ।

अछाम प्रहरीले आइतबार घटनास्थलको मुचुल्का बनाएर शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेनमा ल्याइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page