मृतक दुई किशोरीको शव पोष्टमार्टमको लागि ल्याइयो

अछाम । जंगलमा मृत अवस्थामा भेटिएकी दुई किशोरीको शवको पोष्मार्टमका लागि घटनास्थलबाट ल्याइएको छ । गोठालो गएको पछिल्लो दिनमा मृत अवस्थामा फेला परेकी ढकारी गाउँपालिका–८ घोडासेन निवासी किशोरीको शव पोष्टमाटमका लागि ल्याइएको हाे । 

घटनास्थलको प्रहरीले मुचुल्का बनाएर शव पोष्टमार्टमका लागि ल्याउने क्रममा बाटोमा रहेको पूर्व वडा अध्यक्ष लालबहादुर भण्डारीले जानकारी दिनुभयो । ‘लास ल्याएर अलि माथि पुगिसक्यौ, कता लैजाने भन्नेमा निष्कर्षमा पुगेका छैनाैं ।’ भण्डारीले भन्नुभयो । चोट एकै प्रकार र एकै स्थानमा भएकोले हत्या पनि हुनसक्ने भनाइ उहाँको छ । अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले शवको पोष्टमार्टमका लागि नेपालगञ्ज लैजाने तयारी भएको बताउनुभयो । 

घटनाका बारेमा अनुसन्धान भइरहेको तर अहिले नै यही हो भन्न नसकिने अछाम प्रहरी प्रमुखको भनाइ छ । शुक्रबार दिउसो गोठालो गएकी सरस्वती र इशरा खड्काको शव शनिबार बेलुकी भेटिएको थियो । मृतक दुवै जना स्थानीय विद्याप्रबोधनी माविमा कक्षा ८ मा अध्ययरत रहेको बताइएको छ ।

घटनाका बारेमा थप जानकारी लिन आइतबार बिहानै अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारी, अन्य सुरक्षाकर्मीको टोली घटनास्थलमा पुग्नु भएको थियो । घटानाको खबर पाउने बित्तिकै शनिबार बेलुकीबाटै प्रहरीकाे एक टोली घटनास्थलमा खटिएको थियो ।

दुई किशोरी मृत फेला परेको घटनाका बारेमा सर्वत्र चाँसोको विषय बनेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page