अछाममा महिलालाई निःशुल्क लोकसेवा कक्षा सञ्चालन

मंगलसेन । महिलालाई लक्षित गरेर अछाममा निःशुल्क लोकसेवा कक्षा सञ्चालन गरिएको छ । सदरमुकाम मंगलसेनमा ४० जनालाई एक महिना निःशुल्क लोकसेवा कक्षा सञ्चालनमा ल्याइएको हो ।

संघीय, प्रादेशिक र अन्य संस्थानहरुको चौथो र पाँचौ तहको लोकसेवाको तयारीका लागि कक्षा सञ्चालन ल्याइएको हो । लोकसेवा दिन उमेर र योग्यता पुगेका महिलाहरुले लोकसेवाका लागि तयार पार्न नौ जना विज्ञ प्रशिक्षकहरुले शिक्षण गर्ने छन् । लोकसेवाको कक्षा लिनका लागि मंगलसेन, रामारोशन, ढकारी, कमलबजार लगायतका स्थानीय तहबाट महिलाहरु रहेका छन् ।

सामाजिक विकास कार्यालयले सार्वजनिक सूचना आव्हन गरेर निःशुल्क लोक सेवा कक्षा चलाइएको कार्यालयका प्रमुख डम्बर बहादुर रावलले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सामाजिक विकास कार्यालयले जिल्लामा निःशुल्क लोकसेवा कक्षा सञ्चालनमा ल्याइएको हो । शनिबारबाट प्रारम्भ गरिएको कक्षा फागुन ११ गतेसम्म सञ्चालन गरिने कार्यालयले जनाएको छ । लोकसेवाको प्रथम, दित्तिय पत्रमा र अन्तरवार्तामा सफलता हुनेगरी अध्यापन हुने सहभागी महिलाहरुको भनाइ छ ।

निःशुल्क लोकसेवा कक्षाको उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत सन्तोष विक प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै विकले लोकसेवामा मेहनेतसँगै निरन्तरताले मात्रै सफलता पाइने भनाइ राख्नुभयो । निःशुल्क लोकसेवा कक्षा सञ्चालन हुनेले यहाँका महिलाहरुलाई राम्रो अवसर भएको भन्दै उपयुक्त उपयोग गर्नुपर्ने भनाइ राख्नुभयो ।

कार्यक्रममा अछाम बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख तथा सहप्राध्यापक मानबहादुर बुढा, मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारी, मंगलसेन प्रहरी चौकीका प्रमुख गगनसिंह बोगटी, सामाजिक विकास कार्यालयका कर्मचारीहरुको सहभागिता थियो ।

सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्बरबहादुर रावलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन कार्यालयका प्राविधिक सहायक राजुकुमार साहले गर्नुभएको थियो । निःशुल्क लोकसेवा कक्षा बिहान अछाम बहुमुखी क्याम्पसमा सञ्चालन हुने छ । निःशुल्क लोकसेवा कक्षा लिनका लागि जिल्लाका विभिन्न स्थानका ४० जना महिलाहरु रहेको कार्यालयले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page