जो ‘बम्बै’ नपुग्दै बाटोमै अस्ताए……..

अछाम । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका नन्दराम विक भारतको मुम्बै (बम्बै) मा रोजगारीका छन् । नन्दरामका माइला छोरा पनि भारतमै काम गर्छन् । घरका जेठा छोरा सुर्खेतमा लोकसेवाको तयारी छन् भने श्रीमती मैसरा र कान्छा छोरा हिक्मत घरमै बसेका थिए ।

मैसराको स्वास्थ्यमा समस्या आएपछि नन्दरामले कान्छो छोरासहित श्रीमतीलाई भारतमा बोलाए । उनीहरुसहित गाउँबाट १० जनाको टोली भारत लाग्यो । बाटोमा अप्ठेरो नहोस् भनेर मुम्बैबाट नन्दराम लखनउ पुगे । पुष्पक रेलमा टिकट काटेर उनीहरु सहित अरु नेपाली पनि मुम्बइको यात्रा भयो ।

बम्बै पुग्ने बेलामा महाराष्ट्रको जलगाउँ पुगेका बेला बुधबार बेलुकीतिर रेलको डिब्बामा आगलागी भएको हल्ला भयो । अनि केही यात्रुहरुले केही यात्रुले रेलबाट हाम फाले । त्यही बेला अर्को दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेसको रेलले किचेर नन्दराम, मैसरा र उनका १२ वर्षीय छोराको मृत्युभयो ।
नन्दरामको परिवारसँगै भारत गएका कमलबजार नगरपालिका–४ चाल्साकी अन्दाजी ७० वर्षीया जौकला कामी पनि त्यही रेलमा थिइन् । रेलमा आगलागी भएको हल्ला सुनेपछि जौकलाले पनि हामफालिन् र रेलमा किचिएर प्राण त्यागिन् । छोराबुहारी भेट्न गएकी जौकलाले बाटैमा अस्ताइन् ।

पुष्पक रेल दुर्घटनामा परेर ज्यान गुमाउनेमा नन्दराम, मैसरा, हिक्मत र जौकलासँगै अछाम मंगलसेन घर भइ कैलालीमा बस्ने कलु भण्डारी छन् । मृतकको आधिकारीक विवरण आउन बाँकी रहेको भनाई छ । भारतीय सञ्चारमाध्यका अनुसार, बिहीबार साँझसम्म १३ जनाको मृत्यु पुष्टि भएको छ । रेल दुर्घटनाबारे भारतको द रेलवे प्रोटेक्स फोर्स र रेलवे प्रहरीले छानबिन थालेका छन् ।

भारत सरकारले मृतकको शवलाई निशुल्क एम्बुलेन्सबाट घरसम्म पुर्याउने बताइएको छ । भारतले मृतकको परिवारलाई एक लाख पचास हजार रुपैयाँ दिने भएको खबरहरु आइरहेका छन् । तत्काल ५० हजार रुपैयाँ नगद र बाँकी एक लाख रुपैयाँ बैंक खातामा हालिने बताइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page