एमाले अछामले छ जनाकाे जिम्मेवारी किन खाेस्यो ? (विज्ञप्तिसहित)

अछाम । नेकपा (एमाले) अछामले बुधबार पाँच जना जिल्ला कमिटीका सदस्य र एक पालिका अध्यक्षको जिम्मेवारी खोस्यो । बुधबार एमाले अछामका अध्यक्ष चन्द्र बोहरा र सचिव भीम बहादुर रावलद्धारा संयुक्त विज्ञप्ति जारी गरेर उनीहरुको जिम्मेवारीबाट निष्कासन गरिएको जानकारी दिएका हुन् ।
जिम्मेवारी खोसिनेमा जिल्ला कमिटीका सचिवलाय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाह, सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला सदस्य बलबहादुर कुँवर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर रहेका छन् । पार्टी विधानको धारा ८० को उपधारा १, २, ३, ४, ५, १२ र १३ विपरित गतिविधि गर्नुभएकोले धारा ८१ को (१) बमोजिम पार्टी कमिटीको पदीय जिम्मेवारीबाट बुधबारबाटै लागु हुनेगरी निष्काशन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पार्टीका आधिकारिक व्यक्तिलाई कुनै पनि जानकारी नदिई एमाले छोडेको भ्रमपूर्ण समाचारलाई सामाजिक संजाल तथा सञ्चार माध्यामबाट सम्प्रेषण गरेको, पार्टीलाई कमजोर पार्न सञ्चालन गरिएको मातृभूमि जागरण अभियान नेपाल नामक जुलुसमा समावेश भएर प्रधानमन्त्री पार्टीका अध्यक्ष केपी शर्मा वली विरुद्ध अलोकतान्त्रिक र अशोभनीय नारावाजी र पार्टी विरुद्धको जुलुसमा सक्रिय भूमिका खेलेको विज्ञप्तिमा उल्लेख गरिएको छ । निष्कासनमा परेका छ जना साँफेबगर नगरपालिकावासी हुन् ।
जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यहरुबाट पार्टी हित विपरित गतिविधि गरेको भन्दै यसअघि स्पष्टिकरण सोधिएकोमा उनीहरुले आगामी दिनमा पार्टीप्रति पूर्ण प्रतिबद्ध रहने आत्मालोचना सहितको लिखित पेश गरेपछि एक पटकका लागि कार्वाही प्रक्रिया अघि नबढाउने जिल्ला कमिटीको सचिवालयले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । गएको कात्तिक २६ गतेको सचिवालय बैठकले कारवाही प्रक्रिया अघि नबढाउने निर्णय गरेपनि पुनः पार्टी विरुद्धका गतिविधिमा मुख्य मतियार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तो छ प्रेस विज्ञप्ति