मंगलसेन नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेलहरू जारी

अछाम । मंगलसेन नगरस्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज दोश्रो दिन विभिन्न खेल सम्पन्न भएका छन् । प्रतियोगितामा छात्रा हाइजम्प, भलिबल र कबड्डीका सामूहिक खेलहरु सम्पन्न भएका बताइएको छ ।
छात्रातर्फको हाइजम्पको अन्तिम खेलमा अछाम बहुमुखी क्याम्पस प्रमुख यशोधरा मावि दोश्रो र षोडशा मावि र कुन्ती मावि तेश्रो भएका छन् । छात्रा कबड्डी खेलमा षोडशा मावि र कालिका मावि भोली अन्तिम खेलका लागि भिड्ने भएका छन् । भने अछाम बहुमुखी क्याम्पसको छात्रा टोली तेश्रो भएको छ । भलिबल, लामो दूरीका दौड, कबड्डीका खेलहरु आज खेलाइने प्रतियोगिताको निर्णायक (रेफ्री) धनकुमार केसीले जानकारी दिनुभयो ।
मंगलसेनस्थित बृहत खेल मैदानमा नगरका १२ माध्यामिक विद्यालयले खेलकुदका विभिन्न विधामा प्रतिष्पर्धा भइरहेको छ । प्रतियोगितामा प्राप्त पदकको आधारमा पहिलो दिनकै अवस्थामा विद्यालयहरु रहेका छन् । दोश्रो दिनमा सम्पन्न हाइजम्पको अन्तिम खेलमा अछाम बहुमुखी क्याम्पसका छात्रा प्रथम भएर क्याम्पसले एक स्वर्ण थपेका छन् । अन्य भएका खेलहरुमा अन्तिम खेल बाँकी रहेका छन् ।
मंगलसेन नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाद्धारा आयोजित प्रतियोगितामा बिहान ८ बजेबाट बेलुकी ५ बजेसम्म विभिन्न खेलहरु भइरहेका छन् । छानिएर आएका सामूहिक खेल भएकोले अबका खेलहरु निकै प्रतिष्पर्धात्मक र रोमाञ्चक हुने दर्शकको अनुमान रहेको छ ।