जेसीज अछामको पदस्थापना कार्यक्रम सम्पन्नः सामाजिक क्षेत्रमा काम गर्न सुझाव

मंगलसेन । अछाम जेसीज बर्ष २०२५ का पदाधिकारीको पदस्थापना कार्यक्रम आज मंगलसेनमा सम्पन्न भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर नयाँ समितिलाई सपथ ग्रहणसहित पदस्थापना गरिएको हो ।

अछाम जेसीज वर्ष २०२४ का अध्यक्ष फलेन्द्रप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा नगर प्रमुख बोहराले जेसीजले सञ्चालन गरेका सकारात्मक कार्यबाट आफू प्रभावित भएको भनाई राख्नुभयो ।

अछाम जिल्लामा स्थापना भएको छोटो समयमै जेसीजले धेरै राम्रो काम गरेकाले आगामी दिनमा रचनात्मक र सृजनात्मक कार्य सञ्चालन गर्न सुझाव दिनुभएको छ । युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गर्न जेसीजले अग्रणी भूमिका खेलेको भन्दै उहाँले यस्तै सकारात्मक सोचका साथ समुन्नत समाज निर्माण गर्न आग्रह गर्नुभएको थियोे ।

कार्यक्रमका विशेष अतिथि तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसीले अछाम जेसीजले सञ्चालन गरेका सकारात्मक कार्यमा आफ्नो सधै सहयोग रहने प्रतिबद्धता जनाउनु भएको छ । अध्यक्ष बिसीले जेसीजबाट राजनीतिक दलहरूले केही कुरा सिक्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा मंगलसेन नगरपालिका उपप्रमुख संगीता रावल सोडारी, कमलबजार नगरपालिका उपप्रमुख शारदा विष्ट कुँवर, तुर्माखाँद गाउँपालिका उपाध्यक्ष बिमलाकुमारी शाही, अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारी, मंगलसेन नगरपालिका वडा न ५ का अध्यक्ष झंकरप्रसाद भाट, बर्ष २०१९ का अध्यक्ष नरेशकुमार शाही, बर्ष २०२० का अध्यक्ष तुलाराम बिसी, बर्ष २०२३ का अध्यक्ष टेक बहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

बर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष मनकला न्यौपानेले आस्था पाठ वाचन गर्नुभएको थियोे भने स्वागत मन्तव्य कोषाध्यक्ष कमल कुमार रावलले गर्नुभएको थियोे । कार्यक्रमको सञ्चालन बर्ष २०२४ महासचिव झनक अधिकारी र बर्ष २०२५ का महासचिव हिक्मत बहादुर नेपालीले गर्नुभएको थियोे । शुभकामना मन्तव्य राख्ने कार्यक्रमको अध्यक्षता बर्ष २०२५ का निर्वाचित अध्यक्ष जितमान बोहराले गर्नुभएको थियोे ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page