मंगलसेन नगरस्तरीय खेल प्रतियोगिताः पहिलो दिनमा षोडशा मावि प्रथम, पछ्याउँदै अरू मावि

अछाम । मंगलसेन नगरस्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पहिलो दिनमा विभिन्न खेलहरू सम्पन्न भएका छन् । सम्पन्न भएका खेलहरु मध्येमा षोडशा मावि प्रथम, अछाम बहुमुखी क्याम्पस दोश्रो र राधा मावि तेश्रो भएका छन् ।

पहिलो दिनको खेलमा षोडशा माविले ६ खेलमा प्रथम ३ मा दोश्रो र १ खेलमा तेश्रो भएर पहिलो स्थानमा रहेको छ । यस्तै अछाम बहुमुखी क्याम्पसले २ मा प्रथम १ मा दोश्रो र २ खेलमा तेश्रो भएर दोश्रो स्थान प्राप्त गरेको छ । राधा माविले १ खेलमा प्रथम र ३ खेलमा दित्तिय भएर तेश्रो स्थानमा रहेको खेलकुदमा संलग्न निर्णायक धन कुमार केसीले जानकारी दिनुभयो ।

आज पहिलो दिनमा सम्पन्न खेलहरुमा गंगा मावि चौथो, कुन्ती मावि पाँचौ, कालिका मावि छैटो, मंगला नेरा मावि र अन्नपूर्ण मावि सातौ, पार्वती मावि र यशोधरा मावि आठौ स्थान रहेका छन् । पहिलो दिनको खेलमा अन्तिममा जाल्पादेवी मावि रहेको छ । जाल्पादेवी माविले पहिलो दिनको सम्पन्न खेलहरु मध्येमा तेश्रो स्थान पनि कुनै खेलमा ल्याउन सकेन ।

पहिलो दिनमा सटपुट, लङजम्प, ट्रिपलजम्प, ज्याब्लिन थ्रो, हाइजम्पका छात्र र छात्राका खेलहरु सम्पन्न भएका केसीको भनाइ छ । छात्राको हाइजम्प बाँकी छ भने छात्र छात्राको एकसय मिटरको दौड प्रतियोगिता सम्पन्न भएको छ । पहिलाे दिनमा सम्पन्न खेलहरूमा प्रथम, दित्तिय र तृतिय हुने खेलाडीहरूलाइ मंगलसेन नगरपािलकाका प्रमुखसहितले पदकहरू प्रदान गर्नुभएको छ । 

दोश्रो दिनको खेल भलिबल, कबड्डी खेल ठीक आठ बजेबाट खेल मैदानमा सञ्चालनमा ल्याइने सूचना सार्वजनिक गरिएको छ । सम्बद्ध खेल निर्णायक र खेलाडीहरुलाई आठ बजे मैदानमा पुगिसक्न भनिएको छ । मंगलसेनस्थित बृहत खेल मैदानमा नगरका १२ माध्यामिक विद्यालयले खेलकुदका विभिन्न विधामा प्रतिष्पर्धा हुने गरेर प्रतियोगिता भइरहेको छ । 

उद्घाटनको दोश्रो दिनबाट शुरु भएको खेल प्रतियोगिता आज शान्तिपूर्ण र रोमाञ्चक रुपमा सम्पन्न भएको मंगलसेन नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्राविधिक सहायक दीपक भण्डारीले जानकारी दिनुभयो । खेल मैदानमा दर्शकहरुको संख्या क्रमशः बढिरहेकोले खेलाडीहरु उत्साहित भएर खेलिरहेका छन् । शनिबार महत्वपूर्ण खेलहरु हुने भएकोले प्रतियोगिता हेर्नका लागि आउने दर्शकको संख्या उच्च रहने अनुमान गरिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page