अवरूद्द खेल आजबाट सुचारू हुँदैः खेलाडीलाई तयार बस्न भनियो

मंगलसेन । वर्षाका कारण अवरुद्ध भएको मंगलसेन नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज बिहानबाट शुरुवात हुने भएको छ ।
प्रतियोगिता शुरुवातका लागि बिहानै सबै खेल निर्णायक (रेफ्री) हरुलाई आफ्नो पोसाक सहित खेल मैदानमा बोलाइएको खेल निर्णायकका संयोजक तपेन्द्र कुमार स्वारले जानकारी दिनुभयो ।
बिहीबार हिजो नै प्रतियोगिताका खेलहरु शुरुवात गरिने तालिका रहेपनि वर्षाका कारण खेल अवरुद्ध भएको थियो । मंगलसेन नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा १५ औं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको छ ।
उक्त प्रतियोगितामा मंगलेन नगरपालिकामा रहेका १२ विद्यालयबाट विभिन्न विधामा खेलाडीहरुको सहभागिता रहको छ ।