मंगलसेन नगरको खेल तालिका सार्वजनिक (हेर्नुस खेल तालिका)

अछाम । १५ औं मंगलसेन नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

माघ २ गतेदेखि मंगलसेनस्थित बृहत खेल मैदानमा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । मंगलसेन नगरपालिकामा शिक्षा तथा खेलकुद शाखाको नेतृत्वमा आइतबार खेल निर्णायकहरुको बैठकले खेल तालिका तयार पारेपछि सार्वजनिक गरिएको हो ।

खेल तालिका अनुसार माघ ३ गते उद्घाटन कार्यक्रम पश्चात दौड प्रतियोगितामा प्रतिष्पर्धा गराइने भएको छ । त्यसपछि तालिका अनुसारका खेलहरु क्रमशः खेलाइने भएको प्रतियोगिताका निर्णायक संयोजक तपेन्द्र कुमार स्वारले जानकारी दिनुभयो । मौसम, वातावरण, खेलको अवस्थालाई हेरेर खेल तालिकामा हेरफेर गरिने बताइएको छ ।

नगरस्तरीय प्रतियोगिताबाट छनौट भएका व्यक्तिले जिल्लास्तरीय प्रतियोगितामा भाग लिन पाउने छन् । मंगलसेनमा हुने प्रतियोगितामा यस नगरपालिकामा रहेका १२ विद्यालयका छात्रछात्राहरुको सहभागिता रहने छ ।

यस्तो छ खेल तालिका

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page