मंगलसेन नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको खेल तालिका निर्माण बैठक सम्पन्न

अछाम । मंगलसेन नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको खेल तालिका तयारी बैठक आज सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न खेलमा भाग लिने माध्यामिक विद्यालयका खेलाडीहरुको खेल तालिका निर्माण गरिएको हो ।

नगरका शिक्षा अधिकृत जगत बहादुर रावलको अध्यक्षतामा सम्पन्न बैठकमा प्रतियोगितामा निर्णायकहरुद्धारा खेल तालिका निर्माण गरिएको हो । भलिबल र कबड्डी खेल कुन समयमा कुन विद्यालयका बीचमा खेलाइने भनेर खेल तालिका निर्माण गरिएको हो । यस्तै दौड, भाला सटपुट लगायतका खेलहरुको पनि तालिका निर्माण गरिएको तालिका निर्माणमा संलग्न धन कुमार केसीले जानकारी दिनुभयो । मंगलसेन नगरपालिकामा रहेको अछाम बहुमुखी क्याम्पस सहित १२ वटा माध्यामिक विद्यालयको खेल शिक्षको उपस्थितिमा चिठ्ठाको माध्यमद्धारा प्रतियोगीहरुको अन्तिम टुंगो लगाइएको हो ।

नगरस्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका तयारीका कामहरु तीव्र रुपमा अघि बढिरहेका बताइएको छ । निर्णायककाे चयन, खेल मैदान र सामग्री लगायतका व्यवस्थापन लगायतका कामहरु तीव्र रुपमा भइरहेका बताइएको छ । नगरको शिक्षा शाखाले निरन्तर रुपमा खटेर प्रतियोगिता सम्पन्न गर्न सक्रिय रहेको शिक्षा अधिकृत रावलको भनाइ छ । मंगलसेन नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही माघ ३ गतेबाट मंगलसेन बजार नजिक रहेको बृहत खेल मैदानमा हुने तय भइसकेको छ । तीन दिनमा प्रतियोगिता सम्पन्न गर्ने नगरको लक्ष्य रहेको बताइएको छ ।

बैठकमा नगर शिक्षा तथा खेलकुद शाखाका प्राविधिक शाका प्राविधिक सहायक दीपक भण्डारी, विभिन्न विद्यालयका खेल शिक्षकहरूको सहभागिता रहेकाे थियो । प्रतियोगितालाइ भव्य रूपमा सम्पन्न गर्नका लागि सबैका साथ र सहयोग अावश्यक भएकाे बैठकमा एक मत भएकाे छ ।

यसैबीचमा उक्त बैठकपछि शिक्षा तथा खेलकुद शाखाको नेतृत्वमा प्रतितियोगिता गरिने बृहत खेल मैदानको अवलोकन गरिएको छ । खेल मैदानको सरसफाई र पानीको व्यवस्थापनमा जोड दिइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page