जसको एउटा निवेदनले संसदीय समितिद्वारा देशभरका निर्माणाधिन अस्पतालको विवरण माग

अछाम । देशभरका निर्माणाधीन अवस्थामा रहेका अस्पतालको अवस्थाका बारेमा सात दिनभित्र जानकारी दिन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात दिन भित्र उपलब्ध गराउन समितिले निर्देशनको पत्र लेखे हो ।

देशभरका पालिकाहरुमा रहेका यस प्रकारका अस्पतालहरुको विद्यमान अवस्था कस्तो छ ? के कति अस्पतालहरु सम्पन्न भई सुचारु भएका छन् र के कति अस्पतालहरु अधुरा रहेका छन्, सम्पन्न नभएका अस्पतालहरुको सम्बन्धमा सरकारले के नीति लिएको छ ? सो को समेत विवरण तथा जानकारी सात दिन भित्र समितिले मागेको हो । समिति अन्तर्गत गठित निवेदन छानविन, अध्ययन तथा सुझाव उपसमितिको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको भन्दै समितिले विवरण माग गरेको हो ।

अछाम मंगलसेन निवासी शिद्ध प्रसाद ढुंगानाले कमलबजार नगरपालिकामा निर्माणको क्रममा रोकिएको १५ सैयाको कमलबजार अस्पताल निर्माण सम्पन्न संसदीय उक्त समितिलाई निवेदन गर्नुभएको थियो । संसदीय समितिको कार्यालयमा पुगेर ढुंगानाले सभापति अमर बहादुर थापालाइ कमलबजार अस्पतालकाे निर्माणामा ढिलाइ भइरहेकाे भन्दै निर्माण सम्पन्न गर्नका लागि दवाव स्वरूप निवेदन दिनुभएको थियो । ढुंगाना स्वास्थ्य क्षेत्रसँगै जिल्लाकाे विकास निर्माणको क्षेत्रमा नीति निर्माण तह र सम्बद्द पक्षमा क्रियाशील रहनुभएको छ । ढुंगानाको निवेदनपछि समितिले कमलबजार अस्पतालसँगै देशभरकै निर्माणाधीन अस्पतालको अवस्थाका बारेमा जानकारी मागेको हो ।

कमलबजारमा निर्माण भइरहेको अस्पतालको निर्माण कार्यमा ढिलाइ भइरहेको भन्दै स्थानीय असन्तुष्ट रहेका छन् । २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले देशभर एकै दिन सिलान्यास गरेका अस्पताल मध्येमा अछामका छ स्थानीय तहमा अस्पतालको सिलान्यास गरिएकोमा हालसम्म पूरा भएका छैनन् ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page