बाख्राले खसालेको ढुंगा लागेर बालक घाइते

अछाम । बाख्रा चराउन गएका अछामका एक बालकको आइतबार ढुंगा लागेर गम्भीर घाइते भएका छन् । मेल्लेख गाउँपालिका–३ दर्बाका ७ वर्षीय सुशान्त बुढा घाइते भएका हुन् ।

घर नजिकै रहेको पानिमुलको डाँडामा बाख्रा चराउने क्रममा बाख्राले ढुङ्गा खसाली सुशान्तको टाउकोमा लागेर घाइते भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

घाइतेको वयलपाटा अस्पतालमा सामान्य उपचारपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ । उनकाे अवस्था सुधार भइरहेकाे जानकारी प्राप्त भएको छ । 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page