अछाम क्याम्पसद्वारा जलवायु सम्बन्धि कार्यक्रम गंगा माविमा सम्पन्न

मंगलसेन । अछाम बहुमुखी क्याम्पसले मंगलसेन नगरपालिका–६ तेसिंगेमा जलवायु परिवर्तन, अनुकूलन र न्यूनिकरण सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । जलवायुको परिवर्तन, न्यूनिकरणका उपायका बारेमा जनप्रतिनिधि, क्याम्पसका प्राध्यापक, शिक्षक, विद्यार्थी र स्थानीयका बीचमा कार्यक्रम सम्पन्न गरेको हो ।

क्याम्पसका निमित्त प्रमुख मान बहादुर बुढाको अध्यक्षता र मंगलसेन नगरपालिकाका प्रमुख तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष पदमबहादुर बोहरा प्रमुख अथिति रहनुभएको थियो । कार्यक्रममा जलवायु, त्यसको वर्तमान अवस्था, परिवर्तन, असर र न्यूनिकरणका उपायका बारेमा क्याम्पसका प्राध्यापक शंकरबहादुर रावलले प्रस्तुति गर्नुभएको थियो । कार्यक्रमको उद्धेश्यका बारेमा क्याम्पसका अनुसन्धान व्यवस्थापन समितिका प्रमुख छत्र बहादुर विष्टले प्रष्ट्याउनु भएको थियो ।

प्रमुख अथिति बोहराले जलवायु परिवर्तनले मानिसहरुमा विभिन्न किसमबाट असर गरिहेको भन्दै यसलाई न्यूनिकरणमा ध्यान दिनुपर्ने भनाइ राख्नुभयो । उहाँले जलवायुलाई असर गर्ने काममा कमी गरेर त्यसबाट हुनसक्ने क्षतिबाट बच्नुपर्ने सुझाव राख्नुभयो ।्र

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष यज्ञराज ढुंगाना, वडा अध्यक्ष देवेन्द्र प्रसाद भण्डारी, गंगा माविका प्रधानाध्यापक मोतिराम भण्डारी लगायत सञ्चालक समिति सदस्य, जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्थानीयवासी र विद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम क्याम्पसका प्रशासकीय प्रमुख उदयराज ढुंगानाले सञ्चालन गर्नुभएको थियो ।

जलवायु परिवर्तन, अनुकूलन र न्यूनिकरणका बारेमा यसपछि मंगला मावि ओलीगाउँ र राधा मावि बोगटी गाउँमा समेत गर्ने भएको बताइएको छ । अछाम बहुमुखी क्यापसले शैक्षिक, प्रशासनिक कार्यसँगै जनचेतनामुलक कार्यक्रम समेत गर्दै आइरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!