आइरन चक्की र पोषण सम्बन्धी समीक्षा र योजना तर्जुमा मंगलसेनमा सम्पन्न

अछाम । मंगलसेन नगरपालिकाको स्वास्थ्य शाखाले नगरका विद्यालयमा कार्यरत शिक्षक र नर्सहरुका बीचमा समीक्षामुलक अन्तरक्रिया गरेको छ । विद्यालय पोषण, आइरन चक्कीका बारेमा समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको हो ।

आर्थिक वर्ष २०७९/८० देखि हालसम्म विद्यालयको पोषण र किशोरीहरुलाई आइरन चक्कीका बारेमा समीक्षा गरिएको छ । पोषण कार्यक्रमको परिचय, स्वास्थ्य र विद्यालयको पोषणमा विद्यालय, स्थानीय तहको भूमिका बारेमा प्रस्तुति गरेर जानकारी गराइएको थियो । सोही क्रममा दुई वर्षको अवधिमा वडाबाट वितरित आइरन चक्कीको प्रगति विवरण, यसको उद्धेश्य, रक्त अपलत्ताको अवस्थाका बारेमा प्रस्तुति सहितको छलफल गरिएको स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगानाले जानकारी दिनुभयो ।

विद्यालयमा आइरन चक्की वितरण र सेवनको अवस्था, प्रथामिक उपचार बाकस लगायतका अन्य उपकरण र त्यसको उपयोग र पोषणको बारेमा अन्र्तक्रिया गरिएको बताइएको छ । कतिपय विद्यालयमा स्ट्रेचर अभाव भएकोले यसको व्यवस्थापनका लागि माग गरिएको छ ।

नगरको स्वास्थ्य शाखा प्रमुख ढुंगानाले सहजिकरण गर्नुभएको कार्यक्रममा नगरका ४९ विद्यालयका शिक्षक र विद्यालय नर्सहरुको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालय अछामको सहयोगमा मंगलसेन नगरपालिकाको स्वासथ्य शाखाले उक्त कार्यक्रम आयोजना गरेको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!