एमाले विनायक अधिवेशनः तीन दिनसम्म जुटेन सहमति

अछाम । अधिवेशन भएको तीन दिनसम्म पनि पञ्चदेवल विनायक नगरपालिकाको नयाँ कमिटीमा सहमति जुट्न सकेको छैन । सर्वसम्मत रुपमा कमिटी चयनमा केन्द्रित भएकोले दुइ अध्यक्षका उम्मेद्वारमा सहमति नहुँदा प्रक्रिया चलिरहेको छ ।

गोरखबहादुर रावल र बखतबहादुर शाहीको अध्यक्षमा कडा दावी रहेपछि कमिटीको टुंगो लाग्न सकेको छैन । दुवै जनाले अध्यक्ष पद नछाड्ने भएपछि नयाँ कमिटी सर्वसम्मत हुनका लागि कठिन भइरहेको बताइएको छ । शाही र रावल अध्यक्षमा टसनमस भएपछि सहमतिमा ढिलाइ रहेको हाे । कमिटीको एक प्रकारको खाका आइसकेपनि अध्यक्षमा कुरा नमिल्दा टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।

स्रोतका अनुसार अनुसार अध्यक्षमा मिलेपछि अरु पदाधिकारी र सदस्यमा मिल्ने बताइएको छ । स्रोतले भन्यो– ‘मिलाउने प्रयास भइरहेको छ, सकभर आज दिउसोसम्म मिल्छ होला ।’ सहमतिका लागि दुई जनामा पटक पटक व्यक्तिगत र सामूहिक रुपमा छलफल गरेपनि निष्कर्ष निकाल्न सकेको छैन । दुइ जना बीचमा सहमति हुन नसकेपछि अाजै नयाँ कमिटीको टुंगो लाउने अध्यक्ष मण्डलकाे तयारी रहेकाे बताइएको छ ।

पालिका अधिवेशनको बन्दसत्रले सर्वसम्मत नेतृत्व निर्माणका लागि अध्यक्ष मण्डललाई अधिकार दिएको थियो । अध्यक्ष मण्डलले सर्वसम्मत नेतृत्व निर्माणका लागि एमाले सुदूरपश्चिम प्रदेश सदस्य तथा उक्त पालिकाका इन्चार्ज कमल रावललाई जिम्मेवारी दिएको छ । हालसम्म सर्वसम्मत कमिटी चयनको प्रक्रियामै रहेको बताइएको छ । पालिका अधिवेशनकाे उद्घाटन गएकाे साेमबार एमालेका केन्द्रिय सदस्य तथा अछाम क्षेत्र नं. २ का इन्चार्ज यज्ञबहादुर बाेगटीले गर्नुभएको थियो । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!